विदेशका शहरमा रिलिज हुँदै चलचित्र “पासवर्ड”

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७६, मंगलवार

यही भदौ २७ देखि नेपाल भरिका सिनेमाघरमा प्रर्दशनमा आउने चलचित्र “पासवर्ड”ले विदेश रिलिज क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालमा रिलिज भएको एक साता पछाडी चलचित्र “पासवर्ड” एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका देशमा एकै दिन रिलिज हुनेछ । एबि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ लामाको छायाँकन रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माता अजित के आर थापाले दिएको जानकारी अनुसार सेप्टेम्बर २० अर्थात असोज ३ देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुनेछ । यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा फिल्म रिलिज फिक्स भएको छ । सोही चलचित्र सम्राट बस्नेतको निर्देशनमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी रहेको छ । सोही फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु