युट्यबु ट्रेण्डिङमा पल र एलिजा

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७८, बुधबार

काठमाडौं । निशान भट्टराई र विष्णु माझीको स्वरमा रहेको ‘दिन्थे मुटु झिकी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत यतिबेला युट्युब ट्रेन्डिङमा समेत रहेको छ ।

गीतकार, गायक तथा सङ्गीतकार पवन ओलीको हालै सार्वजनिक गरेको गीतले ९ लाख बढी दर्शक पाउँदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान ओगट्न सफल भएको हो ।

पवन ओलीको शब्द तथा सङ्गीतमा रहेको गीतको भिडियोमा पल शाह र एलिजा गौतमको अभिनय रहेको छ । गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिव विकले निर्देशन र कोरियोग्राफी गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामाङको मेकअप, मिलन विश्वकर्माको सम्पादन र पदम सुवेदीको ग्राफिक्स देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु