पल र मलिकाको ‘चट्टै बस्यो नि माया’

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७९, मंगलवार

काठमाडौं । राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वरमा रहेको प्रेमपरक भावको गीत ‘चट्टै बस्यो नि माया’ को भिडियो रिलिज भएको छ । गीतमा नरहरि प्रेमीको शब्द तथा सङ्गीत रहेको छ राजेन्द्र श्रेष्ठको सङ्गीत परिकल्पना रहेको यस गीतमा श्यामश्वेत रसाईलीको सङ्गीत संयोजन, मिक्सिङ र माष्टरिङ रहेको छ

भिडियो सुबोल थापाको कोरियोग्राफी र निकेश खड्काको निर्देशनमा छायाङ्कन भएको हो । जसमा वुद्ध थापाको सिनेम्याटोग्राफी र विकाश धमलाको दृश्य सम्पादन रहेको छ । पल शाह र मलिका महतको अभिनय रहेको यो म्युजिक भिडिओ राजेन्द्र श्रेष्ठ र मनोज बस्नेतले निर्माण गरेका हुन् ।

‘एक्लै हुँदा प​र​देश​मा’ पल र गौरी

 

Paul Shah

 

अन्जु पन्त

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु