पवन वली र विष्णु माझीको स्वरमा ‘माछी बस्यो’

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । थाकेँ धाउँदा धाउँदै गीत बजारमा ल्याएको करिब ६ महिनापछि गायक पवन वलीले नयाँ गीत लिएर आएका छन् । आफूलाई अहिलेकै ट्रेन्डमा उतार्दै उनले दोहोरी गीत ‘माछी बस्यो’ बोलको गीत लिएर आएका छन् । पछिल्लो समयको ट्रेन्डमा संगीत संयोजन फिल्मी शैली देखिएको छ भने धेरै कोरस राखेर भिडियो निर्माण गरिएको छ । त्यही ट्रेन्डभित्र गायक वलीले पनि आफूलाई उभ्याएका छन् ।
गायक वलीको आफ्नै लय तथा शब्द संकलनमा तयार भएको गीतमा उनलाई चर्चित गायिका विष्णु माझीले साथ दिएकी छिन्। आशिष अविरलको एरेञ्ज रहेको गीतको भिडियोमा भने रविन्द्रप्रताप सेन र सृष्टि खड्काले नृत्य गरेका छन् । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् । भिडियोमा सहछायाँकन भिष्म बी.कार्की ‘मुकुन्द’ले गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ ।

 


‘गरिबको जिन्दगी’ एल्बमबाट सर्वाधिक चर्चा कमाएका गायक तथा सर्जक वलीले करिब ६ महिनाअघि मात्रै ‘थाकेँ धाउँदा धाउँदा’ बजारमा ल्याएका थिए। उक्त गीतको सफलतापछि उनी फेरि नयाँ गीत लिएर आएका हुन्। यसअघि नै उनको ‘अक्षतामा दही’, ‘मनको पीर’, ‘बुटवल बसपार्क’, ‘सल्यान कपुरकोट’, ‘गाढा छ हाम्रो सम्बन्ध’, ‘खोली झर्यो गाई’लगायतका गीत चर्चामा छन्। पछिल्लो समय अमेरिकामा बस्दै आएका गायक वली लामो समयको ग्यापपछि गीतसंगीतमा फर्किएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु