
काठमाडौं । गायक पवनश्री परियार र गायिका अन्जना गुरुङको दोहोरी गीत ‘भकारी चोयाले’ले सार्वजनिक भएको छ । सन्तोष थापा र पवनश्री परियारको शब्द तथा संगीत रहेको गीत ‘भकारी चोयाले’को संगीत संयोजन भने कृष्ण केसीको रहेको छ । डायनमिक स्टुडियोमा रेकर्डिङ भएको गीत ‘भकारी चोयाले’को मिक्सिङ भने विमल छिनालको रहेको छ ।
पवनश्री परियार, राजु परियार, रिया खड्का र दिया मगरको अभिनय रहेको ‘भकारी चोयाले’ गीतको भिडियोलाई भूपेन्द्र रानाको निर्देशन रहेको छ । वीरेन्द्र परियारको छायाँकन रहेको भिडियोमा गीता विश्वकर्माको श्रृंगार रहेको छ । भिडियोलाई अनिल बिष्ट प्यूठानीले सम्पादन गरेका छन् ।
मायाप्रेमभित्र समर्पित रहेको गीत ‘भकारी चोयाले’ को भिडियोलाई गोरखाको पालुङटार नगरपालिकाको रमणीय दृश्यहरुमा छायाँकन गरिएको हो । ‘भकारी चोयाले’ भिडियो पवनश्री परियारको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।