कुमारीपाटीम ‘त्रिदेवी फेसन हाउस’ सञ्चालन

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो । फेसन डिजाइनरत्रय दिलमाया मगर, दीपा केसी र संगी आचार्यले सञ्चालनमा ल्याएको उक्त फेसन हाउसको बुधबार एक समारोहबीच पुर्वमिस नेपाल सुगारिका केसी, ¥यापर तथा गायक गिरिश खतिवडा र ब्युटिसियन निलम केसी संयुक्तरुपमा उद्घाटन गरे । कार्यक्रममा पूर्वमिस नेपाल केसीले नेपाली बजारमा फेसन क्रेज बढिरहेका बेला नयाँ सोच र उद्देश्यका साथ त्रिदेवी फेसन हाउस थपिएकामा खुसी व्यक्त गरिन् । उद्घाटनपछि डिजाइनरमध्ये दीलमाया मगरले ‘त्रिदेवी फेसन हाउस’ मा बजार चलेको विविध खाले पहिरन तयार गर्ने बताउँदै भनिन्, हामीले विशेषगरी वेडिब गाउनलाई प्राथमिकता दिनेछौँ । उनले आफूहरुको कसैसँग प्रतिस्पर्धा नहुने पनि बताइन् । पछिल्लो समय बुटिक जोन बन्दै गएको कुमारीपाटीमा सञ्चालनमा आएको त्रिदेवी फेसन हाउस’ सम्भवतः सबैभन्दा ठूलो बुटिक हो । फेसन डिजाइनरत्रयले फेसन बजारको प्रतिस्पर्धामा आफूहरुले सर्वशुलभ मूल्यमा स्तरिय पहिरन तयार गर्ने बताएका छन् । डिजाइनरत्रयले हालैमात्र इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी)बाट एड्भान्स डिप्लोमा कोर्षको अध्ययन पूरा गरेका हुन् । बागबजारस्थित आईआईएफटी’का विद्यार्थीद्वारा सञ्चालनमा ल्याइएको यो पछिल्लो बुटिक हो । यसअघि आईआईएफटीका विद्यार्थीले राजधानीका विभिन्न स्थानमा बुटिक सञ्चालन गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु