सबै दोहोरी गीतलाई टक्कर दिँदै आयो ‘फूल जस्तै’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७६, सोमबार

काठमाडौं । पछिल्लो समय बजारमा चर्चामा आएका गीतहरु सालको पात, लालुमै, साइँला, लाउँछ मायालाई टक्कर दिँदै अर्को गीत सार्वजनिक भएको छ ‘फूल जस्तै’ । गायक बीबी गुरुङको प्रस्तुती रहेको लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरि ‘फूल जस्तै’ गीत सार्वजनिक गरिएको हो ।

गीतमा नेपाली लोक संगीत क्षेत्रका अब्बल सर्जक सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । ‘फूल जस्तै’ दोहोरी गीतमा गायक बिबि गुरुङ र गायिका बिष्णु माझी सुमधुर स्वर रहेको छ । जसमा कोरस स्वर गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाबुकृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको रहेको छ ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने कृष्ण बिक ‘भान्जा’ यस गीतको संगीत संयोजन गरेका हुन् । गीतलाई रेकर्डिस्ट सुमन राना रकेर्ड गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा श्याम घिमिरे र जुना सुन्दासको मुख्य भूमिका रहेको छ । गीतको भिडियोमा लामो समयको ब्रेकपछि चर्चित मोडल श्याम घिमिरे दोहोरीमा पुनः भित्रिएका छन् । करण चैंसिरको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु