• ‘फूलबारी नेपाल’ गजल प्रतियोगिताका लागि गजल आह्वान

    म्यूजिक खबर
    प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

    काठमाडौँ । युट्युब च्यानल फूलबारी नेपालले आगामी मोतीजयन्तीको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०८० का लागि गजल आह्वान गरेको छ ।

    प्रतियोगितामा सहभागी स्रष्टाले आफ्नो गजल(भिडियो रेकर्ड गरी २०८० साल भाद्र १० गतेसम्म पठाउनु पर्नेछ । प्राप्त भएका गजलहरूमध्ये विज्ञद्वारा उत्कृष्ट ठहराइएका प्रथम, द्वितीय , तृतीय र पाँचवटा सान्त्वना गरी छनोट हुने आठ वटा गजलहरूको घोषणा मोतीजयन्तीको दिन ९भाद्र २८ गते० गरिने फूलबारी नेपालले जनाएको छ । प्रतियोगितामा प्रथम हुने स्रष्टाले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने ५ जनाले जनही रु २ हजार प्राप्त गर्नेछन् ।

    फूलबारी नेपालले नेपाली गीत संगीत र साहित्य विधा क्षेत्रका विभिन्न सामाग्री प्रसारण गर्दै आएको छ । यसअघि श्रावण मसान्तसम्मका लागि गजल आह्वान गरिएको भएपनि भाद्र १० गतेसम्मका लागि समय थप गरिएको फूलबारी नेपालले जनाएको छ । श्रव्य र दृश्य स्पष्ट भएको भिडियो (फोनरक्यामरालाई तेर्सो पारेर खिचिएको ल्यान्ड्स्केप (landscape) phulbarinepal1@gmail.com मा इमेल गरेर पठाउनुपर्ने जनाइएको छ । प्रतियोगितासम्बन्धी अन्य जानकारी उजगदिबचष्लभउब िको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु