• अरुपण आर्ट ग्यालरी नेपालको राजधानीमा फोटो प्रदर्शनी

    म्यूजिक खबर
    प्रकाशित: ३ असार २०८०, आईतवार
    photo exhibition

    अरुपण आर्ट ग्यालरी नेपालले “Memories of Sydney (Australia) Travel” को काठमाडौंमा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गर्‍यो । रमणीय महादेश अस्ट्रेलियाको सिड्नी, क्यानबरा, गोल्डकोस्ट, व्रिसबेन, कफ हार्वरलगायतका ठाउँहरुको भ्रमणका तस्वीरहरुको प्रदर्शन गरिएको हो ।

    ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सो प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।

    प्रमुख अतिथि लेकालीले “अस्ट्रेलिया भ्रमणको फोटो प्रदर्शनीले आफूले दुईपटक अस्ट्रेलिया भ्रमण गर्दाको अनुभूति ताजा भएको र यस्तो प्रदर्शनीले अस्ट्रेलिया नजानेहरुका लागि “फोटो यात्रा”को अनुभूति हुने बताउनु भयो ।”

    वरिष्ठ कलाकार एवं कला समीक्षक रमेश खनाल र ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालले आफ्नो अस्ट्रेलिया भ्रमणलाई फोटो यात्राको रुपमा यस प्रदर्शनीको आयोजना गर्नु भएको हो ।

    कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, धरान सरोकार समाजका अध्यक्ष प्रभू श्रेष्ठ, प्रिन्सिपल नारायण कार्की, समिरकुमार रिमाललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा नाटककार मुकुन्द हरि रिमाल, साहित्यकार कमल सुवेदी, पत्रकार सुशीला तामाङसहित नन्दी मा. वि. का विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    ग्यालरीका अध्यक्ष वरिष्ठ कलाकार प्राज्ञ रमेश खनालले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संचालन सरोज खनालले गर्नु भएको थियो । ग्यालरीले प्रशिक्षण, आर्ट प्रदर्शनी, काव्य साँझ, सम्वादलगायतको कार्यक्रम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु