डश म्युजिकको “प्राण पियारी” मा पुजा र आकाश

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

काठमाडौं । पछिल्लो समयका बहुचर्चित जोडी आकाश श्रेष्ठ र पुजा शर्मा अभिनित नयाँ गीत “प्राण पियारी”को म्युजिक भिडियो सार्वजनिक भएको छ।
चर्चित गायिका मेलिना राई र गायक नरेन्द्र वल्लभ पन्थको आवाज रहेको “प्राण पियारी” मा डि.पी खनालको शब्द रचना, शंकर थापा स्माईलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

उत्सव दाहालको छांयांकन तथा बिकाश दाहालको सम्पादन रहेको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ।जया शर्मा कृयटिम डिरेक्टर रहेको प्राण पियारी लाई सुब्रत राज आचार्यले निर्देशन गरेको छन् । म्युजिक भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु