• जेठ ६ मा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०७८, शनिबार

    काठमाडौं÷११ चैत्र । प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउने छ ।

    आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा,शिसिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन् । कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको फिल्म अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो । निर्माण युनीटले शुक्रबार फिल्मको नयाँ पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरेको हो । नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

    दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा,पटकथा रहेको फिल्मको सम्वाद लेखनमा उनलाई अभिनेता शिसिर राणाले सघाएका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् ।

    आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेको निर्माता आदित्य बताउछन् । प्रेमी जोडीहरु बीच हुने बिबिध आरोह अबरोहलाई प्रस्तुत गरिएको बताइन् यो फिल्म सुटिङका क्रममा पूजा र आकाश बीच प्रेम झांङ्गीएको चर्चा चलेको थियो । यद्यपी,उनीहरुबीच अहिले उनीहरुबीचको सम्बन्ध सुमधुर नरहेको बताइन्छ ।

    ‘सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि संगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ । कतिपयले ‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकै निकट रहेको समेत अनुमान गरेका छन् । फिल्ममा खास के छ ? त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन । ‘फिल्ममा के छ, जान्नका लागि पूरा फिल्म नै हेर्नुुहोस्,’ निर्देशक निमेषले दर्शकलाई अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु