• पप राइजिङ स्टार समिरले ल्याए ‘तिमीले’, रिलिज सँगै छायो ट्रेण्डिङमा

    म्यूजिक खबर
    प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार

    काठमाडौं । नेपाली पप सङ्गीतमा उदाउँदो ताराको रूपमा चिनिन्छ गायक समिर श्रेष्ठलाई । गायन सँगसँगै प्रतिभाशाली गीतकार र गिटारवादक रुपमा समेत स्थापित भएका छन् उनी । पछिल्लो समयमा उनको ‘तिमीले’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै उनका अन्य सिर्जना जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मन पराइदिएका छन् ।

    गीतमा समिर श्रेष्ठको प्रेमपूर्ण शब्द, मनमोहक संगीत सुन्न सकिन्छ ।

    सन् २०२१ मा उनको पहिलो गीत चार दिवारको ल्याएका थिए । पहिलो गीतबाट नै प्रशंसा कमाएपछि २०२२ मा थामन हात ल्याए । हाल ‘तिमीले’ सार्वजनिक गर्दै प्रतिभाशाली कलाकारका ।रुपमा अर्को चार्ट तयार पारेका छन् ।

     

    हाल ‘तिमीले’ सार्वजनिक गरेका समीरले आफ्नो हृदयस्पर्शी गीत र भावपूर्ण धुनले श्रोताहरूलाई मोहित बनाएका छन् । गीतमा मिक्सिङ तथा मास्टरिङ रोहित शाक्यले गरेका हुन् ।

    भिडियोले पनि दर्शकको प्रंशसा पाएको छ । रुपेश श्रेष्ठ ‘रुपु पुपु’ ले निर्देशन गरेको भिडियोमा समिर स्वयंले अभिनय गरेका छन् । उनलाई निकिता आचार्यले साथ दिएकी छिन् । भिडियोको छायांकन भने कौशल गुरुङले गरेका हुन् ।

    साँचो भावनासँग सम्बद्ध कथाहरू जोड्ने र कर्णप्रिय संगीत भर्ने समीरको क्षमताले दर्शक र श्रोताको मन जितिरहेको छ ।
    फ्यानहरूका बढिरहेका छन् ।

    अक्टोबर ५, २०२३ मा आधिकारिक रूपमा समिर श्रेष्ठ युट्युब च्यानमा रिलीज गरिएको छ । गीत रिलिज भएसँगै उनको सांगीतिक यात्राले थप उचाइ हासिल गरेको छ। भिडियो संगीत तर्फबाट ट्रेण्डिङमा समेत पर्न सफल भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु