• आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)

    म्यूजिक खबर
    प्रकाशित: २० मंसिर २०७६, शुक्रबार

    काठमाडौं । आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । प्रसिद्ध गीतकार किरण खरेललाई दीर्घ साधना सम्मान दिँदै अवार्ड सम्पन्न गरिएको हो । गीतकार खरेललाई २५५५५ नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको हो । त्यस्तै दशकको स्रष्टा सम्मानबाट लोकप्रिय संगीतकार आलोक श्री र लोकप्रिय गायिका सिन्धु मल्ललाई सम्मान गरिएको थियो भने युवा प्रतिभा सम्मानबाट गायक नवीन पौडेललाई सम्मान गरिएको थियो । बाल प्रतिभा प्रोत्साहन सम्मानबाट गायिका क्रिस्टिना श्रेष्ठलाई सम्मान गरियो भने वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई म्यूजिक खबर संगीत पत्रकारिता सम्मान प्रदान गरियो । त्यस्तै मोफसलबाट क्रियाशील रहेका रंगपत्रकार मणिराज गौतमलाई ‘म्यूजिक खबर मोफसल संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरियो थियो ।
    अवार्डमा आधुनिक विधातर्फबाट गायिका मिना निरौला र गायक प्रमोद खरेल उत्कृष्ट गायक गायिका बन्न सफल भए भने लोकदोहोरी तर्फबाट गायक कुलेन्द्र विक र गायिका लक्ष्मी मल्ल उत्कृष्ट गायक गायिका बन्न सफल भए । शुभकामना मिडिया सोलुशनको आयोजना र म्यूजिक खबरको प्रस्तुतिमा सम्पन्न भएको उक्त अवार्डलाई ‘प्रभु पे’ले मुख्य प्रायोजन गरेको थियो ।

    फोटो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

    त्यस्तै अवार्डमा चलचित्र विधातर्फ छक्कापञ्जा ३ ले ह्याट्रिक गर्न सफल भयो भने आधुनिक एल्बम ‘पञ्चामृत’ सर्वोत्कृष्ट बन्यो ।

    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    जननी जन्मभूमिश्च (रमेश दाहाल)
    सर्वोत्कृष्ट पप गायिका
    टीका प्रसाई (लुकी लुकी)
    सर्वोत्कृष्ट पप गायक
    महेन्द्र रायमाझी (हेर यी आँखामा)
    सर्वोत्कृष्ट पप संगीतकार
    आशिष अबिरल (लुकी लुकी)
    सर्वोत्कृष्ट पप गीतकार
    डीपी खनाल (आँखामा गाजल)
    उत्कृष्ट महिला गीतकार
    दाना श्रेष्ठ कादम्बरी (लैजाउन मलाई)
    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
    विन्दु परियार (पहिलो नम्बरमा (छक्का पञ्जा ३)
    सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
    डेविट शंकर (पहिलो नम्बरमा (छक्का पञ्जा ३)
    सर्वोत्कृष्ट चलचित्र संगीतकार
    दिपक शर्मा (पहिलो नम्बरमा (छक्कापञ्जा ३)
    सर्वोत्कृष्ट चलचित्र गीतकार
    एकनारायण भण्डारी (जिन्दगी नै भन्दिनँ (ए मेरो हजुर ३)
    सर्वोत्कृष्ट लोकगीत पुरुष
    अशोक मुकारुङ (चैते दशैंलाई)
    सर्वोत्कृष्ट लोकगीत महिला
    कृष्णा परियार (खबर पाइनँ)
    सर्वोत्कृष्ट सांस्कृतिक गीत
    हरिमाया गुरुङ÷कृष्णमान श्रेष्ठ (लमजुङ्गे ठाडो भाका)
    सर्वोत्कृष्ट नव प्रतिभा महिला लोकदोहोरी
    सुस्मिता घर्ती (आकाश रुन्छ)
    सर्वोत्कृष्ट नवप्रतिभा पुरुष लोकदोहोरी
    देवानारायण मगर (आकाश रुन्छ)
    सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरी
    जुजु गुरुङ (माया गर्थें मैले)
    सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरी
    मानबहादुर बराल (बोल माया)
    सर्वोत्कृष्ट शब्द लोकदोहोरी
    रमेश बिजी (छोरो अमेरिका छ)
    सर्वोत्कृष्ट भाका लोकदोहोरी
    वसन्त थापा (लोभी आँखा)
    सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    लक्ष्मी मल्ल (लोभी आँखा)
    सर्वोत्कृष्ट गायक लोकदोहोरी
    कुलेन्द्र वि.क. (सालको पात)
    सर्वोत्कृष्ट दोहोरी गीत
    गलबन्दी (प्रकाश सपुत)
    सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरी
    सन्दिप न्यौपाने (लालुमै)
    सर्वोत्कृष्ट मोडल महिला लोकदोहोरी
    अन्जली अधिकारी (पान खायो मायाले)
    सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी
    स्मृति तिमिल्सिना (अभाव)
    सर्वोत्कृष्ट गजल
    भए पनि अफगान (लोकराज अधिकारी)
    सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
    आशिष सचिन (पिरिम नलाउने)
    सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
    बेनिशा पौडेल (आँखैमा लाउने)
    सर्वोत्कृष्ट संगीत संयोजन सुगम संगीत
    उदयराज पौडेल (मेरो भागको खुशी)
    सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
    किशोर थापा (धनले होइन मनले)
    सर्वोत्कृष्ट मोडल महिला सुगम संगीत
    विनु शाक्य (नाकैको टुप्पोमा)
    सर्वोत्कृष्ट मोडल पुरुष सुगम संगीत
    बिनोद न्यौपाने (सलल बगेको पानी)
    सर्वोत्कृष्ट छायाँकार सुगम संगीत
    राजेश घिमिरे (त्यो रात बिर्सन)
    सर्वोत्कृष्ट भिडियो सम्पादक सुगम संगीत
    विष्णु शर्मा (त्यो रात बिर्सन)
    सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
    प्रकाश धिताल (म निदाएसी आयौ)
    सर्वोत्कृष्ट युगल गायन
    टीका प्रसाईं÷सञ्जीव पराजुली (कर्के नजर)
    सर्वोत्कृष्ट गीतकार सुगम संगीत
    अर्जुनरत्न भिखारी (धनले होइन मनले)
    सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
    ज्योति प्रकाश (विन्ती छ मलाई)
    सर्वोत्कृष्ट गायिका सुगम संगीत
    मिना निरौला (देउरालीको फूल)
    सर्वोत्कृष्ट गायक सुगम संगीत
    प्रमोद खरेल (यो कुरा गोप्य)
    सर्वोत्कृष्ट एल्बम सुगम संगीत
    पञ्चामृत (अर्जुनरत्न भिखारी)
    सर्वोत्कृष्ट गीत (आधुनिक÷पप)
    नाच फिरिरि (महेश काफ्ले)
    इन्करेजमेन्ट अवार्ड
    चिरञ्जीवी भण्डारी (तिम्रो मायाले)
    इन्करेजमेन्ट अवार्ड
    किस्ना आचार्य (बासना)
    इन्करेजमेन्ट अवार्ड (निर्देशक)
    राजीव बलामी, मनको मिलन
    जुरी अवार्ड
    प्रकाश गुरुङ÷शर्मिला गुरुङ (माथी है लेकमा)
    पपुलर अवार्ड
    शंकर बिसी (पान खायो मायाले)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु