‘द भ्वाइस किड्स’की कोच प्रविशाले गरिन् प्रेमी निर्माणसँग इन्गेज्मेन्ट

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । लोकप्रिय गायिका एवं ‘द भ्वाइस किड्स’ की कोच प्रविशा अधिकारीले प्रेमी इन्जिनियर निर्माण सिटौलासँग इन्गेज्मेन्ट गरेकी छिन् ।अधिकारी र सिटौलाले उनीहरुको गृहजिल्ला झापामामा इन्गेज्मेन्ट गरेका हुन् ।

इन्गेज्मेन्ट र विवाहकै लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी छन् ।

निर्माणको स्थायी घर झापा चारपाने हो । पेसाले इन्जिनियर निर्माण अमेरिका बस्दै आएका छन् । निर्माण विवाहका लागि केही समयअघि मात्र नेपाल आएका हुन् ।

प्रविशा र निर्माणको विवाह मंसिर ५ गते हुँदैछ । केही समयदेखि प्रविशा र निर्माण प्रेम सम्बन्धमा थिए ।

प्रविशाले थुप्रै नेपाली चलचित्रका गीतमा स्वर दिएकी छिन् । केही समय अगाडि उनले ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि निकै चर्चा कमाएकी थिइन् ।

यतिखेर हिमालय टीभीबाट प्रशारण भइरहेको रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत रहेकी प्रविशाको चर्चा झनै चुलिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु