‘तिम्रो मन’ मा पुष्पन र प्रविशाको स्वर, सुधिर श्रेष्ठ र समृद्धिको अभिनय

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७८, सोमबार
prabisha adhikari & sudhir shreshta पुष्पन र प्रविशाको स्वर, सुधिर श्रेष्ठ र समृद्धिको अभिनय

काठमाडौं । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ ।
दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ ।
इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्रफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।

‘तिम्रो मन’को केही समय पहिला टिजर पनि सार्वजनिक भएको थियो ।
गीतको टिजरले दर्शकको अत्यधिक साथ पाएको थियो । गीतको भिडियो साईराम पिक्चर्सको युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा आफूले माया गरेको मान्छेलाई आशु झार्न नदिने बाँचा गरिनुका साथै एक अर्कामा पूर्ण रुपमा समर्पित भएको भिडियोमा प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु