• पाँच वर्षपछि मन्त्री न्यौपानेको पहलमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान सम्बन्धि विधेयक सदनमा पेश

    म्यूजिक खबर
    प्रकाशित: ५ जेष्ठ २०८२, आईतवार

    काठमाडौ । पाँच वर्षसम्म गठन प्रक्रिया रोकिएको लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएपछि गठनको कानुनी प्रक्रिया सुरु भएको हो ।

    ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए । अब यो विधेयक प्रदेशसभामा पेश हुन्छ र प्रतिष्ठान स्थापना र गठनको कानुनी प्रक्रिया अगाडि बढ्ने मन्त्री न्यौपानेले जानकारी गराए ।
    उद्योग, पर्यटन र यातायात मन्त्रालयले प्रतिष्ठान सम्बन्धि विधेयक प्रदेशसभामा पेश गर्नेछ। प्रदेशसभामा पेश भएपछि विधेयक पारित हुनुपर्छ। पारित विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पुग्नेछ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐन बन्नेछ। ऐन बनेपछि सरकारलाई प्रतिष्ठान स्थापना र सञ्चालनको बाटो खुल्नेछ।

    भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्यसहित लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको मन्त्री न्यौपानेले बताए। युवामन्त्री न्यौपानेको पहलमा पाँच वर्षसम्म रोकिएको प्रतिष्ठान गठनको प्रक्रियाले अब भने मूर्त रुप लिने निश्चित छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु