प्रदिप अधिकारीको लय तथा रमेश बि.जी.को शब्दमा ‘पिरती छ धेरै’

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार
JIbesh Gurung

काठमाण्डौ । प्रदिप अधिकारिको लय तथा रमेश बिजीको शब्द सिर्जनामा सिद्धार्थ आले मगर, सन्जय पुलामी प्रस्तुति ‘पिरति छ धेरै’ बोलको गीत सार्बजनिक भएको छ ।

धादिङमा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाईरहेका प्रदिपले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनी पहिलेका आफ्ना प्रस्तुतिलाई झै यस प्रस्तुतिलाई पनि आफ्ना श्रोता तथा दर्शकको तर्फबाट साथ प्राप्त हुने कुरामा बिस्वस्थ रहेका छन् ।

‘पिरति छ धेरै’ बोलको गीतमा सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ । प्रदिप अधिकारिको लय र रमेश बि।जि को शब्द द्वारा सजिएको यस गितको म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । नेपाली गीत संगीतको म्युजिक भिडियो निर्देशनको पाटोमा निर्देशक दिपेन्द्र सफल मानिन्छन् ।

यस गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायंकन, नवराज उप्रेती लगाएतले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु