‘डान्सिङ स्टार्स नेपाल’ बाट बाहिरिए नायक प्रदिप बास्तोलाको टिम

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७९, आईतवार

काठमाडौं । नायक प्रदिप बास्तोला र उनका कोरियोग्राफर स्वयत्ना योन्जन हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरिएका छन् । प्रदिपको टिम बाहिरिएपछि शोमा अब १० टिम बाँकी छन् ।

शोको टप १० भित्र छिरिङ शेर्पा र सरोज प्रजा, समाइरा श्रेष्ठ र सञ्जय लामा, धीरज राई र अनुजा अग्रवाल, सोनिका रोकाया र दिलीप ओखेडा, डा. सन्तोष उपाध्याय र सुनिता दर्नाल शोमा छन् ।

यस्तै प्रीति आलेमगर र शेखर घर्तीमगर, भगवती खड्का र सुनिल विक, अमर-अमृत दाहाल र केविका खत्री, छिरिङ शेर्पा र सरोज प्रजा, परमिता राणा र जेडी तमु, नीलम ढुंगाना र रवि पटेलको जोडी पनि शोको टप १० भित्र परेका छन् ।

यो शोलाई दर्शकले उल्लेख्य साथ दिइरहेका छन् । स्टारहरुको नृत्य प्रस्तुत हुने शो भएकाले पनि दर्शकको माया शोले पाइरहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु