काठमाडौ । चलचित्र लिली विलीबाट लोकप्रियता हाँसिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को चलचित्र ‘लभ स्टेशन’ को यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो चलचित्रको दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकिँदैछ ।
दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर चलचित्र चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिन अघि काठमाडौं आएको हो ।
काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन यतीबेला भईरहेको छ । तीहारसम्ममा काठमाडौंको छायाँकनसम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् । चलचित्रको १२ आसोजबाट दर्जिलिङ देखि छायाँकन सुरु गरिएको थियो ।