अभिनेता प्रदीप खड्का र गोविन्दको पीडितलाई सहयोग

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७५, सोमबार

काठमाडौं, आईतबार राती आएको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशन टिमले दुःख व्यक्त गरेका छन् । हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् । हावा हुरीबाट दिवङ्गत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने पनि बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु