प्रदिपले ल्याए ‘जेबा जेबा’ हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७५, शुक्रबार

काठमाडौं । गायक तथा संगीतकार प्रदिप लामाको सेलो गीत ‘जेबा जेबा’ सार्वजनिक भएको छ । उनको सेलो ‘जेबा जेबा’ भिडियोसहित सार्वजनिक भएको हो । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायक तथा संगीतकार प्रदिप लामाको पछिल्ला गीत हेर्ने हो भने नेपाली गीत थुप्रै छन् यसका अलावा उनले हिन्दी गीतहरु पनि गाएर युट्युवमा राखेका छन् । उनले गाएका हिन्दी गीत र नेपाली गीतहरु युट्युव सर्च गर्दा थुप्रै पाइन्छन् ।
गायन र संगीतलाई अगाडी बढाउँदै अहिले भने ‘जेबा जेबा’ तामाङ सेलो गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीत गीतमा शब्द र संगीत डीबी लामाको रहेको छ, भने संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ । गीतको भिडियोतर्फ निर्देशन एकान्त मगर, छायांकन केशब बिस्वकर्मा, सम्पादन नबिन सुनुवार, कोरियोग्राफर कृष्ण लामाको रहेको छ ।

गीतमा गायक स्वयम् लामा, कृष्ण लामा, जुना आले मगर, अन्जली मगर तथा साथीहरुको दमदार अभिनय रहेको छ । उक्त गीतलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ ।
हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु