फोटोपत्रकार वन्तले चुमे डेव्यू मोडल अवार्ड

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार
pradip raj onta

काठमाडौं । मोडल सङ्स नेपालद्वारा काठमाडौंमा आयोजित दोस्रो मोडल सङ्स अवार्ड २०७७ मा फोटोपत्रकार प्रदीपराज वन्तले वेष्ट डेव्यू मेल मोडल अवार्ड २०७७ पाउनु भएको हो ।
स्विजरल्याण्डमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार नवराज घिमिरेको सव्द संगित तथा गायक विनोद दनुवारको स्वरमा रहेको ‘परदेशीको कर्म’ नामक लोक गीतको म्यूजिक भिडियो मार्फत परदेशी नेपालीले भोग्ने दुख पीडामा आधारित कथामा उत्कृष्ट अभिनय गरे वापत डेव्यू मेल वेष्ट मोडलको रुपमा उक्त अवार्ड पाउनु भएको हो ।


साथै उक्त गीतको म्यूजिक भिडियोमा वन्तलाई मोडल तथा नायिका सोनाम केसीले श्रीमतीको भुमिकामा साथ दिनु भएको थियो । उक्त गीतको छायाँङन तथा निर्देशन नविन वावु गुरुङले गर्नु भएको हो भने सहायक निर्देशनमा रेजिना तुलाधर रहनु भएको थियो ।

उक्त भिडियो सम्पादन नविन निरौलाले गर्नु भएको हो ।फोटोपत्रकार वन्त विगत १३ वर्षदेखि सक्रियरुपमा राष्ट्रिय समाचार समितिमा सिनियर फोटोपत्रकारको रुपमा काम गर्दै आउनु भएको छ भने उहा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल को महासचिव पनि हुनु हुन्छ भने विगत १२ वर्ष देखि सिजन मिडया मार्फत निरन्तररुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आउनु भको छ ।

फोटोपत्रकार वन्तकोे गीतकार हरि गोपाल प्रधानको यो मुटुमा वोलको गीतमा र गीतकार सन्तोष जंग थापाको थाहा छैन बोलको गीतमा अभिनय रहेको गीति भिडियोहरु पनि छिट्टै हामीले हेर्न पाउनेनै र्छौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु