लोकप्रिय निर्देशक प्रकाश भट्ट सांस्कृतिक संघको केन्द्री सदस्यमा मनोनित

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७८, बिहीबार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गर्न सफल लोकप्रिय म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले भट्टलाई मिति २०७८ मंसिर १५ गतेको पदाधिकारीको बैठकले सदस्यमा मनोनित गरेको हो । निर्देशक भट्टसँगै संघमा गायक चन्द्र शर्मा, निर्देशक बाबुराजा केसी, गीतकार कस्तुप पन्त, मोडल सुनिल लामिछाने लगायतलाई पनि मनोनित गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्यसमेत रहेका निर्देशक भट्ट लोकदोहोरी क्षेत्रमा ख्याति कमाएका निर्देशक हुन् । उनले निर्देशन गरेका म्यूजिक भिडियोहरु सुपरहिट हुने गरेका छन् भने करोड क्लबमा प्रवेश गरेका धेरै भिडियोहरु उनकै निर्देशनमा रहेका छन् । गीतअनुसार भिडियोलाई निर्देशन र कोरियोग्राफीका माध्यमले सरल रुपमा प्रस्तुत गरेर दर्शकको मन जित्न सफल निर्देशक भट्ट साइभिजन प्रालिका संचालक समेत हुन् । ७ हजार भन्दा बढी म्यूजिक भिडियोमा निर्देशन र कोरियोग्राफी गरेका निर्देशक भट्टको गीतसंगीतको योगदान उच्च रहेको र सांस्कृतिक संघमा पनि उनको उच्च कदर हुने गरी मनोनित गरिएका सांस्कृतिक संघका सभापति तीर्थ थापाले जानकारी दिए ।

सभापति थापाले भट्टलाई नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल सास्कृतिक संघको बिधानको परिच्छेद– ७ दफा २० (च) बमोजिम केन्दीय सदस्यमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु