प्रकाश भट्टको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘बोल्दिन झुटो म’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०८३, आईतवार २०:३९

काठमाडौं। लोकप्रिय निर्देशक प्रकाश भट्ट निर्देशित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैमा, भट्ट निर्देशित प्रेम र समर्पणको भाव बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बोल्दिन झुटो म’ बोलको सार्वजनिक भिडियोमा सुन्दर मुस्ताङका मनमोहक दृश्यहरू कैद गरिएको छ । प्रकाश भट्टले नै कोरियोग्राफी गरेको गीतको भिडियोमा रुचाइएको ‘रिल कपल’ स्मारिका ढकाल र सुरेश कोहली फिचर्ड छन् । करण चैसिरले छायांकन गरेको भिडियोको सहनिर्देशन बिनिसा सेवाले गरेकी हुन् । निर्माता सुरेश जोशी निर्माता रहेको भिडियोलाई मनोज केसीले सम्पादन तथा कलरिङ गरेका हुन् । पोस्ट प्रोडक्सनको काम मसकविन नेपालले गरेको हो।

गीतमा नेहर बुढाथोकी र मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत समेत नेहरले नै सिर्जना गरेका हुन् ।

त्यस्तै गीतको संगीत संयोजनको भूमिका विश्वास नेपालले निर्वाह गरेका छन् । मिक्सिङ र मास्टरिङ कुमार रानाले गरेका हुन् भने खुमन राना र सुमन राना गीतका रेकर्डिस्ट हुन् ।

मसकबिन नेपाल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटकमा दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। निर्माण टिमले दर्शक–स्रोताको माया र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथको अपेक्षा गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु