• भक्तपुरमा शंकर र पार्वतीको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: ३० बैशाख २०७१, मंगलवार

    काठमाडौं, ३० बैशाख । भक्तपुर दरबार स्क्वायरमा शंकर र पार्वतीको रोमान्स देख्न पाइयो । यी शंकर र पार्वती आधुनिक जमानाका हुन् । यी कुनै भगवान पनि होइनन् न कुनै अप्सरा र इन्द्रको कथाजस्तो हो । तर अप्सरा भन्दा कम नभएकी पार्वतीसँग महादेव जस्तै तर भाङधतुरो नखाने शंकरले रोमान्स गरेका हुन् ।
    प्रकाश भट्टको निर्देशनमा आँखै बेइमानी बोलको गीतको म्यूजिक भिडियोको सुटिङका क्रममा शंकर र पार्वतीको रोमान्स हेर्न पाइएको हो । निर्देशक शंकर बिसी र नृत्यांगना पार्वती राईको अभिनय रहेको दोहोरी गीत आँखै बेइमानीमा भक्तपुर दरबार स्क्वायरको रमणीय दृश्यलाई कैद गरेका छन् । विष्णु माया गुरुङ र शक्ति चन्दको स्वर रहेको आँखै बेइमानीलाई किरणबाबु पुनले लेखेका हुन् । यसको लय पनि पुनकै रहेको छ भने यस म्यूजिक भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् ।

    shanker parwati sp sp11 sspp

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु