• चलचित्रमा डेब्यु गरेका प्रकाश दूतराजलाई बधाई र शुभकामनासँगै ‘बाटो बिराएको’ प्रतिक्रिया

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

    काठमाडौं । पछिल्लो समय गायनमा सफल कलाकारहरु चलचित्रमा डेब्यू गर्न थालेका छन् । यही बीचमा गायक प्रकाश दूतराज पनि फिल्ममा डेब्यू गर्न लागेका छन् । उनी ‘आहुति : द वे अफ चेन्ज’ बाट नेपाली फिल्मी रजतपटमा प्रवेश गर्दैछन् भन्ने खबरले केहिदिन यता नेपाली मिडियामा स्थान पाएका छन् । सार्वजनिक समाचारहरुमा प्रकाशको नयाँ यात्राका लागि मिश्रित प्रतिक्रिया आइरहेका छन् । धेरैले बधाई तथा सफलताको शुभकामना दिइरहेका छन् । तथापी समाचारमा आएका कमेन्टहरुका आधारमा भन्ने हो त्यो भन्दा धेरै संख्यामा प्रकाशको यो कदमलाई धेरै कलाप्रेमीले राम्रो मानेका छैनन् ।
    गायन क्षेत्रमा सफलताको स्वाद चाखिरहेकै बेला चलचित्रमा होमिएर ‘रिस्क’ मोलेको भनेका छन् । कतिपयले आफुलाई जुन कामबाट नाम मान सम्मान ईज्यत र सपनासाकार भएको छ तेही काम मै लागि पर्नु पर्ने हो तर उनले बिराए जस्तो लाग्यो भनेर कमेन्ट गरेका छन् । कतिपयले गायकी मै ठीक थिए, अर्को सपुत जन्मिने भए फेरि भनेर दुखेसो गरेका छन् ।

    उक्त फिल्ममा दूतदाजको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी रहनेछ । दूतराज मर्मस्पर्शी लोकगायनले चर्चामा छन् । रिमै, घर कता हो बैनीको, रेशम, जाम भो माइली उनका सुपरहिट गीतहरू हुन् ।

    अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा सेअर गरेको प्रकाश र रिहानसँगको एक भिडियोमा उनलाई पुरानो भइसकेको गुन्यूचोली र साडी लगाएको देख्न सकिन्छ । प्रकाश भने ढाका टोपी र स्टकोटमा देखिएका छन् । उक्त भिडियो हेर्दा फिल्ममा उनीहरू दम्पतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । साम्राज्ञीले पछिल्लो पटक काम गरेको फिल्म ‘नाङ्गो गाउँ’ थियो । उनको पछिल्लो रिलिज फिल्म भने ‘लण्डन टू पेरिस’ हो ।

    फिल्ममा रिहान गिरीको पनि मुख्य भूमिका रहेको भने बाल कलाकारमा आयुषी ढकाललाई पनि देख्न सकिन्छ । स्रोतका अनुसार अहिले भाग १ र २ को छायांकन भैरहेको छ । पहिलो भागको सुटिङ सकिएलगत्तै दोस्रो सुरु गर्ने तयारी छ ।

    दोस्रो भागमा रिहानको इन्ट्री हुने बताइन्छ । रिहान ‘भ्वाइस अफ नेपाल ४’का फाइनलिस्ट र सोमबार मात्रै प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘होस्टेल ३’का कलाकार हुन् । यो फिल्ममा भवानी संग्रौलाको निर्माण तथा निर्देशन छ । यो फिल्मको बजेट १ करोड २५ लाख बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु