काठमाडौं । बिदेशको व्यस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ। विगत १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ गीत ू बिश्वासू सार्वजनिक गरेका छन् । सानै देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुन् ।
केहि दिन अघि उनको नया गीत ू बिश्वासू डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा स्वर गायक प्रकाश कार्कीको रहेको छ भने शब्द र संगीत स्वतन्त्र सङ्म्यानको रहेको छ । गीतको एरेञ्ज्मेण्ट गोपाल रसाइलीले गरेका हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो ल्याउने तयारी गरिएको छ ।