• प्रकाश कटवाल र सिर्जु अधिकारीको ‘पहेंलो बेसार’

    म्यूजिक खबर
    प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार

    काठमाडौं । गायक प्रकाश कटवाल र गायिका सिर्जु अधिकारीको स्वरमा सजिएको दोहोरी गीत ‘रातो माटो पहेंलो बेसार’ सार्वजनिक भएको छ । प्रकाश कटवालको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीतमा प्रकाश कटवालको शब्द र संगीत रहेको छ ।

     

    पहेंलो बेसारको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । गणतन्त्र स्मारक नागपोखरीको दृश्यलाई कैद गर्दै छायाँकन गरिएको यस भिडियोमा प्रकाश खड्काको छायाँकन रहेको छ । मिलन विश्वकर्माको सम्पादन रहेको यो भिडियोमा सन्तोष महराले ड्रोन चलाएका छन् । भिडियोमा गायक प्रकाश कटवाल र गायिका सिर्जु अधिकारीको मुख्य भूमिका रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु