गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार
prakash_saput

काठमाडौं । गायक, संगीतकार तथा मोडल प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर रिपोर्ट अनुसार आफूमा कोरोना संक्रमण पुष्टि भएको सपुतले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला । एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैंले पिसिआर टेस्ट गरेको थिए ।’

उनले थप लेखेका छन्, ‘म होम आइसोलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं । किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौं । आशा राखौ यो महामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु