स्व. गोबिन्द बहादुर श्रेष्ठको नाममा १० लाखको अक्षयकोष खडा गरिने

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार

धादिङ – नेपाल बार एसोसिएसन धादिङले स्वर्गीय अधिबक्ता गाेबिन्द बहादुर श्रेष्ठकाे १३ओेैं पुण्यतिथिका दिन गाेबिन्द बहादुर श्रेष्ठमा दुई सुपुत्र रमेशकुमार श्रेष्ठ र प्रकाश कुमार श्रेष्ठलाई अतिथिकाे रुपमा बाेलाई धादिङ जिल्ला बार एसाेसियन द्वारा आयाेजित श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। बारका अध्यक्ष कृष्णराज अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रमलाइ अभिवक्ता कुलमान बिकले संचालन गर्नु भएकाे थियाे। शाेक सभामा बारकाे तर्फबाट अधिबक्ता बिश्वराज अधिकारीले आफू ४ कक्षामा पढ्दा समेतबाट गाेबिन्द ब. श्रेष्ठकाे वकिल कार्यलयमा गएर कलममा मसि भर्न जाने गरेकाे स्मरण गर्नु भयाे, धादिङका पहिलाे सफल ब्यक्तित्व कानुन ब्यबसायीकाे रुपमा चिनिनुहुने भएकै कारण धादिङमा कहि कतै झैझगडा भै हाल्याे भने “काे चाँडै गाेबिन्द वकिल लाई भेटेर वकालत गराउने भन्ने हाेडबाजी नै चल्थ्याे”, वाहा जस्ताे निडर र आँटी अभिभावक कानुन ब्यबसायी हामीले मिस गरेका छाै भन्नु भयाे। यस्तै महान्यायधिबक्ता प्रमुख खेमराज पाैडेलज्यूकाे धादिङ जिल्ला अदालतकाे २ कार्यकालमा वहासंग कार्य गर्नें माैका मिलेकाे र एक असल अभिभावक गुमाएकाे बारे प्रकाश पार्नु भयाे, वाहाकाे माया प्रेम कहिल्यै नमर्ने सधैं अमर रहनेबारे प्रकाश पार्नु भयाे।

त्यस्तै सम्माननीय न्यायधिश श्रीमान् देबेन्द्र पाैडेलज्यूले भन्नू भयाे ” सर्बाेच्च अदालतका सम्माननिय पुर्बन्यायाधिश ज्ञाईन्द्र बहादुर श्रेष्ठ , राजबिराजका तत्कालिन पुनरावेदन अदालतका मुख्य न्यायाधिश हुँदा संगै न्यायलयमा कार्य गर्ने माैका मिलेकाे थियाे वहाकाे अदालत र न्याय प्रति अतुलनिय याेगदान प्रतक्ष्य देख्न भाेग्न पाएकाे र हाल सम्म पनि विभिन्न ८० भन्दा बढी कानुनि कितावहरु प्रकासन गरि न्यायलयलाई अतुलनिय याेगदान पुर्याईरहनु भएकाेमा हाल धादिङ जिल्लामा आफु न्यायलय प्रमुख भैरहँदा माननीय सम्माननिय पुर्ब न्यायधिश ज्ञाईन्द्र बहादुर श्रेष्ठका सहाेदर भाइ स्व. गाेबिन्द ब श्रेष्ठकाे समेत अदालत प्रति सकारात्मक भुमिका माया सद्भाव र केही सिकाउने सघाउने भुमिका दिख्दा अति गर्व लागेकाे थियाे, वहाहरुकाे याेगदानकाे कदर हुनु पर्छ, वहाकाे माया सद्भाव कहिल्यै मर्नें छैन , वहाकाे सम्झनामा अक्षयकाेष स्थापना गरेर जेहेन्दार बिध्यार्थिहरुलाई पढाउन सहयाेग गर्न दुबै छाेराहरुलाई समेत आग्रह गर्नु भए बमाेजिम छाेराहरुले अक्षयकाेष स्थापना गर्नें निधाे गरेका हुन्। सधैं अदालत (न्यायलय ) लाई सकारात्मक रुपमा लिने गाेबिन्द ब. श्रेष्ठ ज्यूकाे परिवारकाे न्यायलय, समाज , कानुनकाे छाता संगठन बारमा गर्नु भएकाे कदर र याेगदानकाे खुलेर चर्चा गर्नुभयाे।

उक्त अवसरमा जिल्ला अदालतका माननीय न्यायधिश आत्मदेव जाेशी ज्यू , जिल्ला अदालतका श्रेस्तेदार दिनेश आचार्य ज्यू, माहन्यायधिबक्ता द्वय गाेबिन्द हुमगाईं र भावना खतिवडा, र धादिङ्ग जिल्ला बारका पूर्ब अध्यक्षहरू अधिबक्ता बिष्णुकुमार श्रेष्ठ, अधिबक्ता गाेबिन्दराज अधिकारी,अधिबक्ता बिश्वराज अधिकारी,अधिबक्ता टंककुमार श्रेष्ठ, अधिबक्ता रामकृष्ण अधिकारी,अधिबक्ता खिल गिरी, अधिबक्ता रामचन्द्र भट्ट, अधिबक्ता राधिका सापकाेटा, अधिबक्ता बिनाेदमान श्रेष्ठकाे उपस्थिति थियाे, अन्त्यमा सभाका सभापति तथा बारका अध्यक्ष कृष्णराज अधिकारी ज्यूले स्व. गाेबिन्द बहादुर श्रेष्ठ र वहाकाे दाजु सर्बाेच्च अदालतका पुर्ब सम्माननिय न्यायधिश ज्ञाईन्द्र बहादुर श्रेष्ठ ज्यूकाे अर्ति अपदेश प्रेरणादायक सल्लाह र सहयाेगले पेशा त्यागी कानुन ब्यबसाय पेशा अंगाल्नुका साथै याे बारकाे अध्यक्ष हुनमा स्व. गाेबिन्द बहादुर श्रेष्ठकाे विशेष सहयाेग रहेकाे र वाहाकाे माया सद्भाव हृदयबाट कदापी नमेटिने वहाप्रति श्रद्धाञ्जली तथा बैकुण्ठबासकाे कामना गर्नु भयाे।

त्यसै अवसरमा स्वर्गीय गाेबिन्द बहादुरका कान्छा छाेरा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरमा अध्यक्ष, युवा ब्यबसायी समाजसेवी लायन प्रकाश कुमार श्रेष्ठले बुबाकाे बीउ आफु भएकाे नाताले वहाकाे वफादार हनुमान समेत भएकै कारण पनि वाहाँ सधैं हृदयमा रहेकाे अनुभव सुनाउँदै अदालतका कर्मचारी चिनेजानेका सबै साथी दाजुभाईहरुले बुबाकाे चाहनाको कदर इज्जत गरेकै कारण बुबाले बृद्ध अवस्थामा समेत कानुन ब्यबसाय पेशामा रहि याेगदान पुर्याउन सक्नु भएकाे र सबैले गर्नु भएकाे माया सद्भावकाे सदाँ ऋणी रहेकाे र भविश्यमा जुनसुकै साथ सहयाेग गर्न आफु र आफ्ना परिवार तयार रहेकाे , कानुनी राज्य स्थापना गर्न गराउन बुबाले स्थापना गर्नु भएकाे बारकाे कल्याणकारी काेषमा रु ५०,०००/- (पचासहजार) थप गरि उक्त रकम धादिङ बार एसाेसियसनकाे फर्निचर तथा पुस्तकालय कक्ष ब्यबस्थापान गर्नकाे लागि आर्थिक सहयाेग स्वरुप चेक बारका अध्यक्षलाई हस्तान्तरण गर्नु भयाे र आगामी दिनमा धादिङ बार र कानुन ब्यबसायीहरुकाे हरेक कार्यलाई सघाउदै नीलकण्ठ क्याम्पसमा अध्ययनरत जेहेन्दार, आर्थिक कमजाेर कानुन बिषय अध्ययन गर्ने २ जना बिध्यार्थीहरुलाई पठानपाठनकाे निम्ति १० लाखकाे अक्षयकाेष खडा गरिने समेत प्रतिबद्धता जनाउनु भयाे। उक्त कार्यक्रममा धादिङ पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, उपेन्द्रमान प्रधान समेतकाे उपस्थिति थियाे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु