चर्चा बटुल्दै प्रकाश र सिर्जुको ‘पहेँलो बेसार’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७६, मंगलवार

काठमाडौं । चर्चित लोक गायक प्रकाश कटुवाल र लोकप्रिय गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा नयाँ गीत ‘पहेँलो बेसार’ सार्वजनिक भएको छ । उक्त गीतमा शब्द संगीत गायक स्वयं प्रकाश कटुवाल कै रहेको छ भने, कमल सौरागले एरेन्ज गरेका हुन् ।गीतको भिडियोले राम्रो चर्चा पाइरहेको छ ।

फरक धारको गीतबाट सांगीतिक बजारमा छुट्टै पहिचान बनाउन सफल द्वय प्रकाश कटुवाल र सिर्जु अधिकारीले यो भन्दा अगाडि पनि धेरै गीतहरु संयुक्त रुपमा बजारमा ल्याइसकेका छन् ।

यस गीतको भिडियोलाई धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सरहरुको बिचमा गायक÷गायिका दुवै जनाले उत्कृष्ट अभिनय गरेका छन् । उक्त भिडियोमा नारायणहिटि दरबार क्षेत्र भित्रको गणतन्त्र स्मारक भित्र सुटिङ गरेको हुँदा त्यहाँका दृश्यहरु पहिलोपटक देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतको भिडियोले राम्रो चर्चा पाइरहेको छ ।

ढाडे बिरालो गीतबाट एकाएक चर्चामा आएका गायक कटुवालको प्रायःजसो गीतहरु मौलिक र आफ्नै गाउँ ठाउँलाई समेटिएको हुन्छ । यो गीतलाई पनि केहि फरक रुपमा प्रस्तुत गर्न खोजिएको छ । गायिका सिर्जु अधिकारी र गायक प्रकाश कटुवालको स्वरमा रहेको ‘छेकेन जामाले” बोलको गीत पनि सर्वाधिक चर्चा कमाउन सफल गीत हो।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु