सुनिताको ‘लुरुरु हुरुरु’ चर्चामा, प्रकाशको ठेट शब्दले अझ मिठो सुनिएको प्रतिक्रिया

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

काठमाडौं । सुनिता अधिकारीको लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ युट्युवमार्फत रिलिज भएको छ । निकै फ्यान फलोअर्स कमाउन सफल भएका गायक प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्द समेटिएका छन्।

गीतमा प्रयोग भएका शब्द विशेषतः बाग्लुङ जिल्लामा बोल्ने गरिन्छ । गीतमा प्रयोग भएका तिनै ठेट शब्दहरुका कारणले पनि गीतको चर्चा र लोकप्रियता बढेको पाइन्छ । गीतमा प्रकाश र सुनिता स्वयम्ले अभिनय गरेका छन्। ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले ‘लुरुरु हुरुरु’ नयाँ गीत ल्याएकी हुन्।

भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतको निर्देशन प्रकाश भट्टले गरेका हुन्। राजेश घिमिरेले छायांकन गरेको गीतको सम्पादन विष्णु शर्माले गरेका छन्। गीतमा संगीत संयोजन भने आशिष अविरलले गरेका हुन्।

 

साधना म्युजिक अवार्ड, उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु