संगीतकार प्रल्हाद बोगटीलाई पुत्रलाभ

म्यूजिक खबर
प्रकाशित: १ कार्तिक २०७८, सोमबार

काठमाडौं । लोकप्रिय संगीतकार प्रल्हाद बोगटीलाई पुत्रलाभ भएको छ । दशैंको खुशीसँगै संगीतकार बोगटीको जीवनसंगीनी मधु पौडेलको कोखबाट पुत्रलाभ भएको हो । सिनामंगलस्थित आफ्नै घरमा मधु पौडेलले पुत्रलाई साधारण रुपमा जन्म दिएकी हुन् ।

संगीतकार बोगटी आधुनिक संगीतमा परिचित नाम हो । उनले प्रयाग संगीत विद्यालय इलाहवादबाट संगीतमा ब्याचलर गरेका छन् । बाग्मती म्यूजिक अवार्डमा सर्वोत्कृष्ट संगीतकारको अवार्ड पाएका उनले तिम्रो आफ्नै मान्छे, जिन्दगीको छहारीमा लगायत सयौं गीतमा संगीत भरेका छन् । त्यस्तै नेपाली चलचित्र एक्सनमा संगीत भरेका छन् भने दर्जनौं एल्बमहरुमा पनि उनको संगीत रहेको छ ।

बी ब्रदर्स कम्पनीको अध्यक्षसमेत रहेका उनी नेपालकै पहिलो जीएमपी स्टान्डर्ड हर्बल कस्मेटिक उत्पादक कम्पनीको समेत संचालक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु