‘तिजै आयो’ भन्दै आइन् गायिका प्रमिला पुन

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७६, मंगलवार ०५:०७

काठमाडौं । गायिका प्रमिला पुनको सुमधुर स्वरमा रहेको तिज गीत ‘तिजै आयो’ सार्वजनिक भएको छ । गीतमा गायिका स्वयं प्रमिला पुनको नै शब्द र संगीत रहेको छ । कृष्ण पुनको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई प्रदिप कुमार रसाइलीले निर्देशन गरेका हुन् । गीतमा करिष्मा ढकालको साथमा प्रदिप कुमार रसाइलीको नृत्य रहेको रहेको छ । ‘तिजै आयो’ गीतको म्यूजिक भिडियोलाई दिपक गिरीले छायाँकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।
गीत ओएस आर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
हेरौं भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु