• कम्मर मर्काउँदै आइन् प्रमिला (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २१ श्रावण २०७५, सोमबार

    २२ साउन, काठमाडौं । आधुनिक गायनमा पाइला चाल्दै गरेकी गायिका प्रमिला पुनले आधा दर्जन गीत गाइसकेकी छन् । आधुनिक गायनमा साधनारत रहेकी गायिका प्रमिलाले यसपाली तीजमा ‘कम्मर मर्काउँदै’ नाच्ने भएकी छन् । तीन वर्षदेखि निरन्तर तीजमा पनि आफूलाई गायनमा उतार्दै आएकी छन् प्रमिलाले ।


    साधनामा मात्रै ध्यान दिने गरेकी गायिका मिडियामा आफूलाई त्यति ध्यान नदिए पनि शब्द, संगीत र स्वरमा ख्याल गर्ने गर्छिन् । गत सालका तीजभन्दा यो सालको तीज अलि फरक बनाउने उनको योजना छ । कम्मर मर्काउँदै बोलको गीतले यसपाली धेरै दर्शकको मन जित्नेमा उनको विश्वास रहेको छ ।

     

    ‘रातो सारी फररर सररर सर्काउँदै यसपाली त नाचिन्छ कम्मर मर्काउँदै’ बोलको गीतमा बाबुल गिरीको शब्द संगीत रहेको छ भने प्रमिला पुनको स्वर रहेको छ । आशिष म्यूजिकबाट बजारमा आएको उक्त गीतको म्यूजिक भिडियोमा विनु खड्काको अभिनय रहेको छ । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको उक्त भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु