काठमाडौं । कलाकार, मोडेल तथा नृत्य निर्देशक प्रमिला रिजाल साउथ एसियन रिजनल कन्ट्री ब्रिलियन्स अवार्ड एण्ड कल्चरल समिट २०२४ (South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024) बाट सम्मानित भएकी छन् । एभरेष्ट नेपाल कल्चरल ग्रुपमा आबद्ध रिजाल रहेकी रिजालले अमेरिकाबाट आफ्नो यात्रा प्रारम्भ सुरु गरेकी थिइन् । उनले पोल्यान्ड, स्पेन, पोर्तुगल, ग्रीक, नोर्वे, इस्टोनि, फ्रान्स, बेल्जियम, नेदरल्यान्डस्, जर्मनी, टर्की लगाएत विस्वका २० भन्दा बढी देशहरुमा आफ्नो प्रस्तुति दिइसकेकी छन् । एक दशकदेखि निरन्तर कला क्षेत्रमा क्रियाशील रहेकी कलाकार रिजाल मोडलिङ, नृत्य हुँदै नृत्य निर्देशकसम्मको अनुभव लिइसकेकी छन् ।
वल्र्ड बुक अफ स्टार रेकर्ड (World Books of Star Record)को आयोजनामा भएको यस् अवार्ड कार्यक्रममा दक्षिण एसियाली राष्ट्रको सम्मानित व्यक्तित्वहरुको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपसभामुख इन्दिरा राना मगरले बिभिन्न पेसामा आबद्द दक्षिण एसियाली राष्ट्रका दिग्गज ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा आफुलाई गर्व लागेको बताएकी थिइन् । पूर्व उपसभामुखज्युले प्रमिला रिजाललाई अवार्ड प्रदान गर्दैगर्दा मुक्त कन्ठले प्रमिला रिजालको प्रस्तुतिको प्रशंसा गरेकी थिइन् ।
नेपालमा अवार्ड कार्यक्रम आयोजनाको उपलक्ष्यमा कलाकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रमिला रिजाल लगाएतलाई विभिन्न पेशामा आबद्ध बिशिस्ट ब्यक्तिहरुलाई सम्मान गर्न पाउदा आफुलाई गौरवान्वित महसुस भएको वल्र्ड बुक अफ स्टार रेकर्ड संस्थाका संस्थापक निर्देशक डा. राजिब पलले बताए । कार्यक्रम काठमाडौंको नेपाल–भारत मैत्री पशुपति धर्मशालामा आयोजना गरिएको थियो । कार्यक्रममा सम्मानित तथा अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।