काठमाडौं । नृत्य निर्देशक, कलाकार तथा मोडेल प्रमिला रिजाल इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्ट्सको सम्मेलनमा सहभागी भएकी छन् । इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्ट्स (ISPA) अमेरिकाको निमन्त्रणामा नृत्य निर्देशक, कलाकार तथा मोडेल प्रमिला रिजाल सहित ISPA सम्मेलनहरूमा प्रदर्शन कला क्षेत्रभित्र विभिन्न कला क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी क्षेत्रहरूका ५०० भन्दा बढी विज्ञहरुको सहभागी रहेको थियो । सम्मेलन अमेरिकाको न्यूओर्क सिटीमा यही जनवरी १४ देखी १६ सम्म आयोजना भएको थियो ।
इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्ट्स (ISPA) को मिशन नेतृत्वको विकास, विचारको आदानप्रदान, र विविध र संलग्न सदस्यता बढाएर विश्वव्यापी रूपमा प्रदर्शन कलालाई बलियो बनाउनु हो प्रदर्शन । कलाको सम्पूर्ण परिस्थितिकी तन्त्र प्रतिबिम्बित, विविध सांस्कृतिक पेशेवरहरुको एक अग्रणी वैश्विक नेटवर्क हुन। यस सञ्जालले समुदायहरूलाई बलियो बनाउनेछ, र समाजमा कलाको महत्त्वको प्रशंसा र मान्यतालाई थप विकास र प्रवर्द्धन गर्नेछ।
सम्मेलनमा रिजालले आयोजक लगायत सहभागी प्रतिनिधिहरुलाई नेपाली कला सस्कृतिको बिषयमा जानकारी गराउँदै भविष्यमा सरकारी तथा गैरसरकारी निकायबाट नेपालमा पनि यस्तै कार्यकम गर्न सकिने जानकारी गराएकी छिन्।