• सदिक्षाले ल्याइन् मलाई मारिदेउको दोस्रो भागमा ‘आँशुको मूल्य’

    म्यूजिक खबर
    प्रकाशित: १२ आश्विन २०८१, शनिबार

    काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यसअघि नै चर्चामा आएको मलाई मारिदेउ बोलको गीतको दोस्रो भागको रुपमा यो गीत सार्वजनिक गरिएको हो ।
    अलोन रेशमको प्रस्तुति रहेको गीत ‘आँशुको मूल्य’को निर्माता भने सदिक्षा पाण्डे हुन् । अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतलाई प्रमोद खरेलले स्वर दिएका हुन् ।
    मायाप्रेममा देखिएको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयास गरिएको छ । भिडियोलाई उत्तम श्रेष्ठ ‘सिसिर’ले निर्देशन गरेका छन् । भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ । भिडियोलाई हरि घलेको टीमले छायाँकन गरेका हुन् भने मीन रावलले सम्पादन गरेका छन् । भिडियो सदिक्षा पाण्डेको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु