प्रमोद खरेलको ‘नरमाईलो लाग्छ होला’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७६, बिहीबार

लोकप्रिय गायक प्रमोद खरेल को स्वरमा रहेको ‘नरमाईलो लाग्छ होला‘ बोलको म्यूजिक भिडियो सार्वजिनक भएको छ । भिडियोमा अभिनेता थापाका साथमा एलिना श्रेष्ठ र दीपेन्द्र कार्कीले अभिनय गरेका छन् । नव मोडल एलिनाको यो दोस्रो भिडियो हो भने दीपेन्द्रको पहिलो । गीतकार रमेश कोइरालाको शब्द तथा सङ्गीतकार रत्नबहादुरको सङ्गीत रहेको भिडियो युवा निर्देशक गणेश उपाध्यायले निर्देशन गरेका हुन् ।भिडियोमा अति मिलनसार गरिब परिवारका दाजुभाइका बीचमा एउटी केटीका कारण आएको मनमुटाबको कथा उनिएको छ । विन्दावासिनी म्युजिक प्रालिको ब्यानरमा युट्युबमार्फत सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु