प्रसाद लामिछानेको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०८२, आईतवार १६:५०

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” बाट प्रसाद लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिचि चयन भएको छ । अर्जुन थापा मगरको अध्यक्षता तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको उक्त अधिवेशनबाट प्रसाद लामिछाने अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
समन्वय समितिको वरिष्ठ उपाध्यक्षमा शर्मिला कंडेल, प्रथम उपाध्यक्षमा डोलराज बारघरे, द्वितीय उपाध्यक्षमा राजेश ढकाल, महिला उपाध्यक्षमा मिरा गोर्खाली चयन भएका छन् । त्यस्तै समितिको सचिवमा दिनेश क्षेत्री, महिला सचिवमा डोल्मा लामिछाने मगर, सहसचिवमा अञ्चल शाही र क्षितिज गुरुङ्ग चयन भएका छन् भने कोषाध्यक्षमा साधुराम रोका, सहकोषाध्यक्षमा शैलेस राना मगर चयन भएका हुन् ।

त्यसैगरी समितिको सदस्य पदमा मीना बुढाथोकी, विजय पुन, चेतन गोतामे, विशाल शोनी, सबिन कोके गुरुङ्ग, गोविन्द बिबश, विक्रम परियार, धनकाजी परियार, कामना वली, कुमार रणपहेली, प्रकाश गौतम, बसन्ती सुनारी मगर, गोकुल भट्ट, अनुजा पुडासैनी, सुमन थापा मगर, अस्मिता राना मगर, विमता घर्ती, सुनिता सुनार, सुनिता थापा मगर, सुष्मा शाही ठकुरी चयन भएका छन् ।

यसअघि उपत्यका समन्वय समिति मातहतमा रहेका विभिन्न समितिहरुमा नेतृत्व चयन भइसकेको छ । उपत्यका समन्वय समिति ललितपुरमा बेलीमाया पुलामीको नेतृत्वमा नयाँ कार्यसमिति आएको हो । त्यस्तै अन्य अध्यक्षहरुमा बानेश्वर कोटेश्वर समितिमा सरोज लामिछाने, सुन्धरा समितिमा युवराज गुरुङ अनामनगर समितिमा नविन परियार, चाबहिल समिति जीवन खड्का, नयाँ बसपार्क समितिमा स्मृति मगर, ठमेल समितिमा सागर बिसी, कमलादी समितिमा किरण बिसी, लाजिम्पाद समितिमा सपना रोका निर्वाचित भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु