रिमाको शब्द, प्राश्ना र राजको स्वरमा ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०८३, आईतवार १९:०३

काठमाडौं । लोकप्रिय गायिका प्राश्ना शाक्य र उदीयमान गायक राज सायमीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘बलमा माइचा हाकुमा दाइचा’ बोलको उक्त गीतमा रिमा श्रेष्ठ शब्द सिर्जना रहेको छ भने संगीत सञ्जीत श्रेष्ठले भरेका छन्।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ सञ्जाल भण्डारीले गरेका हुन् भने रेकर्डिङ जिएआईएन न्बष्ल क्तगमष्य मा सम्पन्न गरिएको हो। भिडियोमा सुदित श्रेष्ठ र सृष्टि महर्जनको आकर्षक अभिनय देख्न सकिन्छ भने निर्माणको जिम्मेवारी कुशल गुरुङले सम्हालेका छन्।

भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने उत्सव दाहालको उत्कृष्ट छायांकनले भिडियोमा विशेष सौन्दर्य थपेको छ। सम्पादन बिजेश पौडेलले गरेका छन् भने कोरियोग्राफी रोशन विश्वकर्माको रहेको छ। मेकअप आर्टिस्टका रूपमा सृष्टि थापा मगर रहेकी छन् भने प्रोडक्सन व्यवस्थापन दीपेन गौतम (माइकल)ले गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन कार्य लाटोकोसेरो फिल्म्सले सम्पन्न गरेको हो। गीतलाई अमेरिका बस्दै आएकी गीतकार रिमा श्रेष्ठले ल्याएकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु