स्वस्थानी माताको आराधना गर्दै गायिका प्राश्ना शाक्य

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७७, मंगलवार

काठमाडौं । लोकप्रिय गायिका प्राश्ना शाक्यले स्वस्थानी भजन सार्वजनिक गरेकी छिन् । अम्बिका शाक्यको शब्द रहेको उक्त भजनमा किरण कँडेलले संगीत भरेका हुन् । एरेन्ज पनि किरणकै रहेको छ ।

प्रज्ञा साउण्ड म्युजिक स्टुडियोमा रेकर्ड भएको उक्त भजनलाई शम्भु कुमार तण्डुकारले रेकर्डिङ गराएका हुन् ।

भिडियोमा प्राश्ना स्वयंले अभिनय गरेकी छिन् । गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठ लगायतका गायिकाहरु विशेष भुमिकामा देखिएका छन् ।

भिडियोलाई प्राश्ना शाक्य युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु