प्रताप दासको ‘हास्न मन’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दासको स्वरमा ‘हास्न मन’  म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको शब्द रचना भने सुदिप धितालले गरेका हुन् । म्युजिक एरेन्ज वुद्ध सयमीले गरेका हुन् । जापानमा बस्ने धिताल गीत रचना गर्न र मोडेलिङ गर्न रुची राख्छन् ।

प्रताप दासको सुमधुर स्वर तथा  नायिका प्रतिक्षा खड्का र मोडल सुदिप धितालले दमदार प्रस्तुतीका कारण उक्त म्यूजिक भिडियो निकै राम्रो बन्न सफल भएको छ । भिडियो निर्देशन फराज अर्पनले गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु