घमेशको लयमा प्रतापले पहिलो पटक गाए समिक्षासँग लोकदोहोरी

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७७, मंगलवार

काठमाडौं । पाश्र्व गायन र सुगम संगीतमा निकै रुचाइएका गायक प्रताप दासले पहिलो पटक लोकदोहोरी गाएका छन् । पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीसँग उनले ‘सानु’ बोलको गीत गाएका हुन् ।

गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गाैतमकाे स्वर रहेकाे छ । सन्चारकर्मी कमल सरगमको शब्द रहेको गीतमा बरिष्ठ लोक गायक घमेश दुलालको संगीत रहेको छ । एरेन्ज कमल साैरागकाे छ भने रेकर्डिष्ट बिमल एरिस छिनाल हुन् । गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएकाे हाे ।

नायक आकाश श्रेष्ठ र नायिका एलिजा गाैतम पनि पहिलाे पटक लाेक दाेहाेरी गीत ‘सानु’ मार्फत स्कृनमा देखिएका छन् । प्रभावन जे काे निर्देशन रहेकाे म्युजिक भिडियोमा नायिका एलिजा गाैतम, नायक आकाश श्रेष्ठकाे साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाकाे अभिनय रहेकाे छ ।

गीतकाे छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, काेरियाेग्राफ सन्ताेष राजबाहक, सहायक निर्देशन राजाराम गाैतम, कला मनिक पाख्रिन, प्राेडक्सन म्यानेजर विवेक चाैलागाई, प्राेडक्सन कन्ट्रोलर श्याम धिताल, ड्राेन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठकाे रहेकाे छ ।

गीत डि ए आर मुभिज को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु