प्रिती आलेको आइटम सङ् ‘रन बेबी’ मा सबिताको आकर्षक नृत्य, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७५, आईतवार

काठमाडौं । नेपाली गीत संगीतको बजारमा फरक फरक गीत बजारमा आउने क्रममा फेरी फरक सैलिमा बनेको गीत ‘रन बेबी’ बजारमा आएको छ ।

नृत्यङ्गना एंवम मोडल सबिता आलेद्वारा अभिनित तथा चर्चित लोक पप गायिका प्रिती आलेको मिठो स्वरद्वारा सुसजित गीत ‘रन बेबी’ हालसालै सोसियल मिडिया साईट युट्युबमा लन्च गरिएको छ ।

गीतमा शब्द तथा संगीत बिनोद रसाइलिको रहेको छ । मुनालशिशिर कोइरालाको निर्देसन ,निश्चल केसीको कोरियोग्राफी अनि मुकेश हुमागाइको क्यामरामा तयार भिडियोलाइ अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

भिडियो तथा अडियोलाई जनता डिजिटलले बजार ब्यबस्थापन गरेको छ । भिडियोमा सबिता आले ,समिर खान र बिनोद चौलागाईंको दमदार डान्स अनि अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

 

विश्व नेपाली र सुजाता उपाध्यायको ‘कवि देवकोटा’ सार्वजनिक !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु