विश्व नेपाली र सुजाता उपाध्यायको ‘कवि देवकोटा’ सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७५, शनिबार

काठमाडौं । गायक विश्व नेपाल आफ्नो नयाँ गीतको म्युजिक भिडियो मार्फत आएका छन् ।  ‘मीठो साह्रै मीठो’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नयाँ गीत ‘कवि देवकोटा’ को भिडियो लिएर आएका हुन् । ‘कवि देवकोटा’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् । गीतकार एकनारायण भण्डारीद्वारा रचना गरिएको उत्तः गीतमा आशिष अविरलको संगीत निर्देशन छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

अष्टे«लियामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन् । भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् । भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ । बिजया बानियाँ तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्रँफी गरेका छन् । सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।

यस्तो छ कवि देवकोटाको म्युजिक भिडियो :

 

जगदिसको गीतमा इन्द्रदेब की ‘ठुली’ भइन् सृष्टि, हेर्नुहोस् भिडियो

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु