दिपशिखाको ‘प्रेमलिला’ लाई पीजी सर्टिफिकेट

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७५, सोमबार

काठमाडौं । नायिका दिपशिखाका खड्काको चलचित्र प्रेम लिलालाई पीजी सर्टिफिकेट मिलेको छ । प्रेम, घात र बदलाको कथा ‘प्रेमलीला’ लाई सेन्सरले पास गरेको छ । यस अघि गीत र ट्रेलर सार्वजनिक भै सकेको चलिचत्र आउँदो शुक्रबार देखि देशभर प्रदर्शन हुदैछ । चलचित्रमा मुख्य कलाकार दीपशिखा खड्कालाई दुई अवतारमा देख्न सकिन्छ । प्रमिल संवाद भरिपूर्ण चलचित्रमा मुख्य कलाकार दीपशिखासँगै मौसम खड्का र अलि खानलाई देखाइएको छ ।

चलचित्रको ट्रेलरमा निर्देशकको नाम छापिएको छैन । निर्देशकसँग दीपशिखाको मनमुटाव भएपछि उनले बीचबाटै फिल्म छोडेका थिए । त्यसपश्चातको निर्देशनको काम दीपशिखाको अगुवाईमा सकिएको थियो । चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा र भारतीय कलाकार अर्चना शुक्लाले पनि अभिनय गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु