‘प्रेम संसार’ भन्दै आए प्रेम र आयुष्मा

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौ । मंसिर १३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम संसार’ को पहिलो गीत ‘सुनैना सुनैना’ सार्वजनिक भएको छ । सोही गीतको भिडियोमा प्रेम सोनी र आयुष्मा कार्कीको प्रेमभावमा समेटिएको छ । उक्त गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । ‘सुनैना सुनैना’ गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सोही गीतमा कोरियोग्राफर निर्देशक राम गौतमकै रहेको छ । ‘प्रेम संसार’ पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको निर्देशक गौतम बताउँछन् । चलचित्रमा प्रेम र आयुष्मासँगै कविता नेपाली, विविशा पाण्डे, मोनिका दाहाल, अर्जुन पौडेल,सुनिल विक राम गौतम, करण पौडेल, लगायतका कलाकारहरुको अभिनय रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रेम बहादुर सुनार (गहतराज) रहेको छ । उनी फिल्मका निर्माता पनिरहेका छन्। कमल सुनार र सीता सुनार पनि निर्माता रहेको फिल्मका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु