प्रेमध्वजको गीत ‘ती आँखामा…’ को लागि ११ जोडी फाईनल

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७८, बुधबार
Premdhoj Pradhan

काठमाडौं । दिवंगत गायक प्रेमध्वज प्रधानको गीत ‘ती आँखामा…’को कभर गायन प्रतियोगिता चलिरहेको छ । दिवँगत अग्रज गायक प्रेमध्वज प्रधानप्रति समर्पण गर्दै यो प्रतियोगिता आयोजना आयोजक एशियन म्युजिकले जनाएको छ । यो गीतका लागि १७३ जनाले भिडियो पठाएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ११ जोडी प्रतियोगी चयन भएका छन् ।
हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णयक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले जानकारी गराएका छन् ।
यो प्रतियोगिताका लागि चयन भएका ११ जोडी गायक गायिकामा युनिशा शेर्पा देशार र सुमित श्रेष्ठको जोडी, सिर्जन गुरागाईं र उमेश राउतको जोडी, आयुष्मा महर्जन र सविन महर्जनको जोडी, कुमारी बिसी र सन्दीप केसीको जोडी पनि चयन भएका छन् । यस्तै अरु जोडीमा सरिता शाही र मनिक शाही, सरल महर्जन र प्रिजा मिश्र, राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगाबीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी रहेका छन् । यस्तै यो प्रतियोगिताका लागि छानिएका अन्य जोडीमा अस्मिता राई र सुरज शाही, सरस्वती मानन्धर र सुरज मानन्धर रहेका छन् ।

ती आँखामा…गीतमाथि कोभर गायन प्रतियोगिताको परिणाम यही २१ साउनमा घोषणा गरिने भएको छ । यो कभर गायन प्रतियोगिताका बिजेताले जोडीलाई एशियन म्युजिकले एउटा गीत गाउने अबसर दिनेछ । सो गीतको म्युजिक भिडियो तयार गरेर एशियन म्युजिककै युट्युव च्यानलबाट रिलिज गरिने भएको छ ।
तीन महिना अघि दिवँगत भएका अग्रज गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको आयोजक इश्वर गुरुङले बताए ।
डब्बु क्षत्रीको रचना र जुगल डँगोलको संगीतमा तयार भएको यो गीतलाई पाँच वर्ष अघि सार्वजनिक गरिएको थियो । गीतलाई अग्रज गायक प्रेमध्वज प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाले गाएका हुन् । जसलाई एशियन म्युजिकबाट रिलिज गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु