• ‘प्रेमको भिखारी’ सँगै दशकपछि फर्किए गगन सरगम

    म्यूजिक खबर
    प्रकाशित: १२ मंसिर २०७५, बुधबार

    काठमाडौं । १ दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा’ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि पुनः गायनमा फर्किएका छन् । दोश्रो सोलो गीति एल्बम ‘प्रेमको भिखारी’ मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियो सहित सार्वजनिक भएको ‘प्रेमको भिखारी’ एल्बममा बिबिध प्रकारका ५ वटा आधुनिक गीतहरु समावेश गरिएका छन् । एल्बममा निम संगीतको अलवा नवराज घिमिरे, लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द रहेको छ भने एल्बममा सामबेश शिर्षगीत ुुप्रेमको भिखारीुु को म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

    भिडियोमा गगन आफैले अभिनय गरेका छन भने उनलाई जुना सुन्दासले साथ दिएकी छिन निशान घिमिरेको सम्पादन ,उत्सव दाहालको छांयाकन रहेको भिडियोलाई युबराज वाइबाको निर्देशन गरेका हुन भिडियोलाई गीतको भावना अनुरुप घायलप्रेमीप्रति समर्पित गरिएको छ । भिडियोमा आत्मा हत्या गर्नै लाग्दा प्रेमीलाई प्रेमीकाले बचाएको कथालाई देखाउँन खोजीएको छ ।प्रेम र पिडाको अनुभुतिमा कोरिएका गीतहरु समावेस ‘प्रेमको भिखारी’ मा अत्यन्त मार्मिक अनुभूतीमा गायन गरिएको छ । पीडा नै पीडा त्यो पनि प्रेमपीडाको सशक्त गीतहरु यो एल्बममा समेटिएको छ । यस अघि २०६५ मा आएको गायक सरगमको ‘तिम्रो मन’ एल्बमको तिम्रो मनमा फुल्न मन लाग्छ गीत अत्यधिक मन पराइयेको थियो ।

     

    यो पनि हेर्नुहोस्

    ‘प्रेमको भिखारी’ मार्फत आए गायक गगन सरगम (भिडियोसहित)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु